शिवशक्तिमा आँखा शिविर, झण्डै ४ सय जना लाभान्वित

पाेखरा | असार ६, २०८१

शिवशक्तिमा आँखा शिविर, झण्डै ४ सय जना लाभान्वित

पोखरा:   नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा सम्पन्न नि:शूल्क आँखा शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका छन् ।

 

पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् ।

 

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै बढाउन आवश्यक रहेको बताए ।

 

हिमालय आँखा अस्पतालका निर्देशक धर्मेन्द्रकुमार घोडासैनीले विद्यालय स्तरमा आँखा सुरक्षासम्बन्धी कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको औल्याउँदै शरिरको सबैभन्दा संवेदनशिल अंग आँखाको सुरक्षामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे ।

 

जुनियर यूवा रेडक्रस समिति संयोजक रमेशराज भण्डारीले कार्यक्रमका हिसावले नमुना विद्यालयको रुपमा शिवशक्तिलाई लिएको बताउँदै यस्तै उदाहरणीय कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।

 

कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, शिक्षक गोविन्द प्रसाद अधिकारी, गुरुप्रसाद तिवारी, राजकुमार गुरुङ लगायतले बोलेका थिए ।

 

कार्यक्रममा डा प्रेरणा भण्डारी, सन्ध्या ढकाल, एलिना अधिकारी र प्रमिला पौडेलसहितको टोलिले आँखाको चेकजाँच गर्नुका साथै आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५ जनालाई निःशूल्क चस्मा वितरण गरिएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।

 

ने.यू.रे.स. शिवशक्ति माविका अध्यक्ष यूवती जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शर्मिला बराल सापकोटाले गरेकी थिइन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्